आगलागी नियन्त्रणका लागी सचेतना कार्यक्रम सम्पन्न

२०७८ फागुन १३
  • इन्द्र बहादुर बुढाथोकी

सल्यान / आगलागी नियन्त्रण गर्नको लागि लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बनगाड कुपिण्डे सव डिभिजन वन कार्यालय सल्लीबजार सल्यानको आयोजनामा सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा श्री पातल सामुदायिक वनका अध्यक्ष नरेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय सव डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल पनि गठन गरिएको छ भने वडा स्तरीय आगलागी नियन्त्रण सम्बन्धि संजाल समेत गठन गर्ने निर्णय गरेको छ ।

साथै आगलागी नियन्त्रण सम्बन्ध सामाग्री डिभिजन वन कार्यालय सङ्ग माग्ने निर्णय समेत गरिएको छ । उक्त सामाग्री नियुन आय भएका र आगलागीको जोखिम भएका समुहलाई वितरण गरिने बताएको छ ।

गर्मी समय बढ्दै जान थाले पछि आगलागीको घटना पनि बढ्ने भएकोले आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको सव डिभिजन वन कार्यालय सल्लीबजार प्रमुख देबेन्द्र महतले बताउनु भयाे ।  कार्यालयका अनुसार जिल्लाका सबै स्थानमा आगलागी सम्बन्धी सञ्जाल गठन गरिने जनाएको छ ।

बनगाड कुपिण्डे सव डिभिजनबाट सञ्चालन गरिने गरी गठन भएको सञ्जालले आगलागी सम्बन्धी जनचेतना जगाउने र आगलागी भई हालेमा नियन्त्रणको लागि सामुदायिक वन उपभोक्तालाई सक्रिय बनाउने डिभिजन वन प्रमुख रमेश कुमार गिरीले बताउनुभयो ।

जिल्लामा वर्षेनी आगलागीका घटना भई रहेकाले सबै सव डिभिजन भित्रमा सञ्जाल गठन गर्ने, वन उपभोक्ता समूह भित्र आगलागी नियन्त्रण सम्बन्धी सञ्जाल गठन गर्ने, जिल्लामा जनचेतना जगाउने लगायतका कार्यक्रम गर्ने डिभिजन वन प्रमुख गिरीको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्