Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गजल - डा. राजकुमार भुजेल 'साजन'

२०७८ फागुन १४
tribeni2

                    गजल 

छ भने थपिदेउ अझै थपिदिएर केही हुँदैन
ऊ सराबी हो अलिकति पिएर केही हुँदैन

मेरो घरभन्दा त चराकै घर बलियो रहेछ
आकाश दर्किएर, जमिन थर्किएर केही हुँदैन

आफू बन्ने हो, अनि बनाउने हो आफन्तीलाई
उहाँ सोच्नुहुन्छ, यो देश बिग्रिएर केही हुँदैन

यो सफरमा मलाई जिन्दगीले त बिर्सिसक्यो
हुन्छ बिर्सिदेउ तिमीले नि बिर्सिएर केही हुँदैन

दुःख पर्दामा साथ दिने तैँ एउटा न थिइस्
रित्तिन्छस् भने रित्तिदे आँसु रित्तिएर केही हुँदैन ।

- डा. राजकुमार भुजेल 'साजन'

 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्