सोसल मिडिया
रुकुम पश्चिम / नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमले चुनावी अभियान थाल्ने भएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा शुक्रबार र शनिबार बसेको पार्टीको तेस्रो बैठकले चुनाव केन्द्रित गतिविधिमा लाग्ने निर्णय गरेको बताईएको छ ।
बैठकमा पार्टीको हालको अवस्था, सम्भावित चुनावी परिणाम र चुनावी गठबन्धनको सम्भावनाबारे पनि छलफल भएको बताईएको छ । बैठकले गाउँ गाउँमा अभियान थाल्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका जिल्ला अध्यक्ष बिमल कुमार पुनले एजेन्डा बताएसङ्गै पालिका अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए । बैठकले जिल्लाका ६ वटै पालिका कमिटीलाई र पार्टीका सबै जनवर्गीय संगठनहरुलाइ चुस्त, दुरुस्त बनाउनको लागि मिति तोकेर नै बैठक गर्ने निर्णय गरेको छ ।
जसअनुसार मुसिकोट नगर कमिटिको विस्तारित बैठक फागुन २१ गते बस्ने छ भने बाफिकोट गाउँकमिटीको बैठक २२ गते निर्णय भएको पार्टी अध्यक्ष बिमल कुमार पुनले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार २३ गते आठबीसकोट, २४ गते चौरजहारी नगरकमिटिको बैठक बस्नेछ भने २५ गते सानिभेरी गाउँकमिटीको र २६ गते त्रिवेणि गाउँ कमिटीको बैठक बस्ने निर्णय भएको छ ।
त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुको पनि जिल्लामा बिस्तारित बैठक बस्ने निर्णय भएको छ । जसअनुसार युवा संगठनको बैठक २७ गते, अनेरास्ववियूको २८ गते, किसान महासंघको २९ गते र अनेमसंघको ३० गते जिल्ला कमिटीको बिस्तारित बैठक बस्ने निर्णय भएको जिल्ला कमिटी सचीव हरि प्रसाद शर्माले जानकारी दिनुभयो ।
बैठकले जिल्लामा चैत्र ११ गते पार्टीको भव्य जिल्ला अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पारित गरेको सचिव शर्माको बताउनुभयो।
जिल्ला अध्यक्ष बिमल कुमार पुनको अध्यक्षता र सचीव हरि प्रसाद शर्माको संचालन रहेको बैठकमा केन्द्रिय पोलिट्ब्युरो सदस्य शेरबहादुर केसिको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओलिको विशेष आतिथ्यता रहेको थियो ।