Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका चयन

२०७८ फागुन १४
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले गोविन्द रोका ‘विज्ञान’ लाई जिल्ला संयोजकमा चयन गरेको छ ।

शनिबार मुसिकोटमा बसेको जिल्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्यहरुको बैठकले रोकालाई जिल्ला संयोजकमा चयन गरेको हो ।

उहाँ कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो । प्रदेश सदस्यहरु मध्यबाट रोकालाई संयोजकमा चयन गरिएको हो ।

जनयुद्धकालिन समयदेखि नै पार्टीमा आबद्ध हुनुहुन्छ । सर्वसम्मत जिल्ला संयोजकमा चयन हुनुभएका रोका विगतमा पत्रकारिता पेशमा हुनुहुन्थ्यो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्