सोसल मिडिया
प्रदेश नं १ मा प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिले नियमावली संशोधन सम्वन्धमा तयार पारेको प्रतिवेदन सोमबार सदनमा पेश भएको छ ।
समितिका सभापति तुलसी प्रसाद न्यौपानेले नियमावलीका ४५ दफाहरुमा संशोधन गर्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रदेश सभा सञ्चालन नियमावलीमा भएका २ सय ३ दफामध्ये पहिलो संशोधन मार्फत ४५ दफाहरु परिवर्तन गर्ने गरी प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभाले प्रदेशको राजधानी र नामको टुंगो लगाउनु पर्ने दवाव बढिरहेको भएपनि त्यस विषयको प्रस्ताव संसदमा कसरी लैजाने भन्ने कुरा संसद सञ्चालन नियमावलीमा उल्लेख नभएकोले नियमावली संशोधन गर्नु परेको हो ।