Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रत्ना पुनका पाँच 'मुक्तक'

२०७८ फागुन १५
tribeni2

मुक्तक: १
नाङ्गो जीउ छोप्नलाई नाना चाहियो
भोको रह्यो पेट हाम्रो खाना चाहियो
बिन्ती छ सरकार गरिबका कुरा सुन
घाम पानी छेक्ने टिनको छाना चाहियो।

मुक्तक: २
भत्कियो प्रेमको सुन्दर घर चिन्ताजनक छ
भएन सम्बन्ध अटल अमर चिन्ताजनक छ
बचनले लागेको हो घाउ निको भएको छैन
नसोध्नुहोस् मेरो हालखबर चिन्ताजनक छ।

मुक्तक: ३
म गर्न सक्छु जवाफ सवाल प्राविधिक शिक्षाबाट
पाइन्छ रोजगार फालाफाल प्राविधिक शिक्षाबाट
गरिबी न्यूनीकरण हुन्छ र देशमा विकास हुन्छ
अनि बन्नेछ समृद्धि नेपाल प्राविधिक शिक्षाबाट।

मुक्तक: ४
अब छोडेर आफ्नै समुदाय प्रदेश नजाउ
यहाँ थुप्रै छन् जिउने उपाय प्रदेश नजाउ
साहुको दबाब, अभावै अभावमा बस्नु भन्दा
गरौं यतै सानोतिनो व्यवसाय प्रदेश नजाउ।

मुक्तक: ५
आमा तपाईंको काममा म पनि मद्दत गर्नेछु
सहेर दुःख कष्ट सकुशल बनी मद्दत गर्नेछु
तपाईं नै हो जिन्दगी मेरो तपाईं नै हो सबथोक
हट्दैन पछाडी दिनरात नभनी मद्दत गर्नेछु।

- रत्ना पुन मगर
मुसिकोट नगरपालिका ११ रुकुम (पश्चिम)

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्