Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एमसीसी विरुद्ध प्रर्दशन

२०७८ फागुन १५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा एमसीसी सम्झौताको विरुद्धमा प्रर्दशन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लवले आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको हो ।

उनीहरुले प्लेकार्ड, झण्डा, ब्यानर नाराबाजी सहित बजार परिक्रममा गरेका थिए । एमसीसी चाहिदैन, देश बेच्न पाईदैन, राष्ट्रघाती सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगाएतका नारा लगाएतका थिए ।

बजार परिक्रममा पछि कोण सभालाई सम्बोधन गदै जिल्ला सेक्रेटरी सागर पुनले अमेरिकी सहायता एमसीसी नेपालको राष्ट्रिय, सार्वभौकिकता र राष्ट्रिय हितको विरुद्धमा रहेको दाबी गर्नुभयो । एमसीसीले देशमा द्धन्द्ध सिर्जना गर्ने भएकाले यो नेपालको हितमा नरहेको बताउनुभयो । नेपाल र नेपाली जनताको लागि घांतक भएको एमसीसी कुनै पनि हालतमा शैय नहुने उहाँको भनाई छ ।

पुनले एमसीसी नेपालको संविधान भन्दा माथि रहेको उल्लेख गदै यो संविधान भन्दा माथि हुन नसक्ने बताउनुभयो । एमसीसीसँग नेपालको राष्ट्रिय हितमा आँच पुग्ने स्वार्थ जोडिएकाले नेकपा र नेपाली जनता खुलेर सडकमा उत्रने बताउनुभयो । यदि एमसीसी पारीत भए देशब्यापी रुपमा कडा आन्दोलन गर्ने बताउनुभयो ।

यसैबिच संयुक्त संघर्ष समितिले एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृह मन्त्रालयमा पठाउन ज्ञापन पत्र बुझाएको छ । जिल्ला सेक्रेटरी सागर पुन लगाएतको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खड्कालाई ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्