रुकुम पश्चिममा पनि बन्दको प्रभाव

२०७८ फागुन १६

रुकुम पश्चिम / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुम पश्चिममा पनि परेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता लाइ आइतबार बसेको संसद बैठकको बहुमत सदस्यले पास गरेसगैं त्यसको विरोधमा नेकपा र मोर्चाले नेपाल बन्दको आह्वान गरेका थिए ।

बन्दका कारण बिहानैबाट जिल्लाको मुख्य बजार क्षेत्र खलगां लगायत अन्य ठाउँमा पनि बन्द छ । छोटो तथा लामो दुरीका सवारी साधनहरुपनि चल्न सकिरहेका छैनन् । शैक्षिक संस्थाहरुमा पनि सामान्यतया बन्दको प्रभाव देखिएको छ ।

बिहानै जिल्लाको बाफिकोट गाउँपालिकाको छिन्खेद बजारमा नेकपाका कार्यकर्ताले टायर बालेका थिए त्यसपछि त्यहाँ पनि बन्दको प्रभाव परेको बताइएको छ ।

जिल्लामा बन्दको प्रभाव परेपछि सुरक्षा व्यवस्थालाई पनि झन कडा पारिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्