मनाईयो होली (तस्विर)

बुधबार, चैत ६, २०७५

देशको हिमाली एवं पहाडी जिल्लामा फागु अर्थात् होली पर्व आज हर्षोल्लासका साथ मनाइएको छ । काठमाडौं उपत्यकासहित हिमाली र पहाडी क्षेत्रमा एकआपसमा रंगहरु दलेर शुभकामना साटासाट गरी होली पर्व मनाइएको हो ।

खुल्ला सडकलगायत विभिन्न स्थानमा साथीभाई, आफन्तहरु भेला भएर अंकमाल गर्दै विभिन्न रङ र लोला खेलेर होली मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलकोे रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

रङहरूको पर्व होलीले सर्वसाधारणलाई मात्र होइन सरकारका मन्त्रीलाई पनि छोयो । सरकारका मन्त्रीहरूले पनि आपसमा रंग खेलेर होली पर्व मनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुल्चोकस्थित मन्त्री क्वार्टरमा मन्त्रीहरु होली मनाउन उपस्थित भएका थिए ।

होली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका वरिष्ठ तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, खानेपानी मन्त्री विना मगरलगायतका मन्त्रीहरू र कलाकारहरुको सहभागी रहेको थियो ।

तस्विरमा होली रौनक

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्