Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सडक निर्माणका क्रममा झडप, एक महिला घाइते

२०७८ फागुन १६
tribeni2

हुम्ला / हुम्लामा सडक निर्माणका क्रममा स्थानीय बिच झडप भएको छ । दुई गाउँका स्थानीय बिच भएको झडपमा परेर एक महिला घाइते भएकी छन् ।

सडकको निर्माण सुरु गर्नेक्रममा चङ्खेली गाउँपालिकी धर्म तामाङ घाइते भएकी हुन । घट्टेचौरमा नेक्पा र पाली गाउँका स्थानीयबीच भएको झडपमा परेकी तामाङ घाईते भएर बेहोसी अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

सलीसल्लाबाट पिप्लाङ, माछापानी, नेक्पा हुँदै चीनको सिमाना टाँकेसम्मको सडकको निर्माण कार्य सुरु गर्नेक्रममा झडप भएको हो ।
निर्माण कम्पनीले सडक निर्माणको काम स्काभेटरबाट सुरु गर्न खोज्दा पाली गाउँका स्थानीयले अग्लो स्थानबाट ढुङ्गामुढा गरेर झगडा सुरु गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक शर्माले सडक निर्माणका क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएपछि महिलाको अनुहारमा चोट लागेको बताउनुभयो । घाइते महिलालाई प्रहरीले बोकेर स्वास्थ्य चौकीसम्म स्ट्रेचरमा ल्याई उपचार गराएको उहाँले बताउनुभयो ।

घाईतेको दाँत हल्लिएको छ भने अनुहारमा चार वटा टाँका लगाइएको छ ।

गाउँपालिकाले सहजिकरण गरेर दुई गाउँबीच भएको विवाद समाधान गर्न नसकेपछि विवादले झडपको रुप लिएको स्थानीयले बताएका छन् । चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य चङ्खेली गाउँपालिका –४ को पाली र ५ को नेक्पा गाउँवासीको आपसी बिबादको कारण सडक निर्माण कार्य रोकिएको थियो । सो खण्डबाट सडक निर्माण नभएर निर्माण कार्य अगाडि नबढ्ने र डीपीआर अनुसार सडक निर्माण गर्नुपर्ने माग नेक्पावासीको रहँदै आएको छ ।

यता वडा ४ का पाली गाउँका स्थानीयले सडक पाली गाउँ छोएर जानु पर्ने माग राख्दै आएका छन् । पाली गाउँसम्म सडक निर्माणको कार्य पुर्वाधार बिकास कार्यालयले हाल पनि गरिरहेको छ । यसअघि दुबै गाउँवासीलाई गाउँपालिकाले बोलाएर छलफल गरेको भएपनि सहमति हुन सकेको थिएन ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्