सोसल मिडिया
रुकुम पश्चिम / योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल रुकुम पश्चिमको जिल्ला कमिटीको बिस्तारित बैठक सोमबार सम्पन्न भएको छ।
जिल्ला सदमुकाम मुसिकोटमा बसेको बैठक आगामी निर्वाचन र संगठनका गतिबिधिमा केन्द्रित भएको वाईसीएलका केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सहसंयोजक शैलेस कुमार शर्माले जानकारी दिनुभयो ।
बैठकबाट निर्वाचनमा परिचालन, सफलता प्राप्ती लगायत संगठनका गतिबिधिहरुको तिब्रता दिने बिषयमा निर्णय भएको शर्माले बताउनुभयो ।
संगठनका जिल्ला संयोजक जनक कुमार बिश्वकर्माको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्मा, जिल्ला ईन्चार्ज वसन्त शर्मा, कर्णाली प्रदेश सभाका सदस्य गोपाल शर्मा, जिल्ला सयोजक गोबिन्द रोका, वाईसीएल कर्णाली प्रदेश संयोजक गणेश शाही, वाईसीएलका केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सहसंयोजक शैलेस कुमार शर्मा, संगठनका जिल्ला ईन्चार्ज लक्ष्मण ओलि लगाएतको विशेष उपस्थिति रहेको बताईएको छ ।