Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कारको आरोप लागेका सांसद बानियाँ नेपालगन्ज विमानस्थलबाटै पक्राउ

२०७८ फागुन १६
tribeni2

नेपालगञ्ज / बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

सोमबार बेलुका नेपालगञ्ज बिमानस्थलबाट बाँनियालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

डीएसपी न्यौपानेले पूर्वमन्त्रीसमेत रहेका सांसद बानियाँलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको बताउनुभयो । आज राती करीब ८ बजे पक्राउ गरीएको उहाँले बताउनुभयो ।

भोली सार्वजनिक विदा भएका कारण बुधबार मात्र अदालतबाट म्याद थप गरेर कारवाहि प्रक्रिया अगाडि बढाउने डिएसपी न्यौपानेले उल्लेख गर्नुभयो । साँसद बाँनिया बिरुद्ध एक महिलाले बलात्कारको गरेको भन्दै गत माघ २७ गते बाँके प्रहरीमा उजुरी दर्ता गरेकी थिईन । 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्