कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्फ्यू

२०७८ फागुन १६

सुर्खेत / अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ७ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो । आज बन्दकर्ताले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा आगजनी गरेका छन् भने नेपाली काँग्रेस र माओवादी केन्द्रको कार्यालयमा तोडफोड समेत गरेका छन् ।

प्रदर्शन उग्रहुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज सोमवार सवा ८ बजेदेखि भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

सुर्खेतको एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादी केन्द्रको कार्यालय तोडफोड

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्