Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदाता नामावलीमा भएका त्रुटि सच्याउन अनुरोध

 २०७८ फागुन १७
tribeni2

रुकुम पश्चिम / जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले मतदाता नामावली अद्यावधिक गर्न तथा नामावली सच्याउन सूचना गरेको छ ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचको प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार नामावलीमा झुठ्ठा विवरण, त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, विवाह गरि गएको, बसाईसरी गएको, नागरिकता त्याग गरेको र मृत्यू भएको जस्ता कार्यहरु अद्यावधिक गर्न सकिने छ ।

निर्वाचन कार्यालयका अनुसार सम्बन्धित वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा फागुन १९ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने छ । सो नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा कसैले झुठ्ठा विवरण दिइ समावेश गरेको भए अथवा मतदाताको नाम दोहोरिएको भए फागुन २० देखि २२ गतेसम्म सम्बन्धित मतादाता तथा निज परिवारका सदस्यले तोकिएका अनुसूचिहरु अनुसार निवेदन दिनुपर्ने छ ।

प्रकाशित नामावलीमा मृत्यू भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन निज परिवारका सदस्यले र विवाह गरि अन्यत्र गएको मतदाताले फागुन २० देखि २३ गतेसम्म निवेदन दिईसक्नुपर्ने जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । मतदाता नामावलीमा भएका त्रुटिहरु फागुन २६ गते भित्र सच्याउन उहाँले आग्रह गर्नुभयो ।

उल्लेखित कार्यका लागि जिल्ला निर्वाचन कार्यालय रुकुमको इमेल मार्फत पनि निवेदन दिन सकिनेछ । साथै अनुसूचिका ढाँचाहरु सम्बन्धित वडा कार्यालय र पालिकाबाट पनि प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्