Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भ्रष्टाचारको आरोपमा नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित

निलम्बनमा परेकाहरुको सुविधा पनि कटौती ।
 २०७८ फागुन १७
tribeni2

बागलुङ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका बागलुङको बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जनालाई निलम्बन गरेको छ ।

बसपार्क निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा-४ का वडाध्यक्ष धुव्रवहादुर केसी, तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सब इन्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन् ।

अख्तियारले उपप्रमुख खड्कासहित ८ जनालाई सोहि आरोपमा भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको थियो । 

निलम्बनमा परेसँगै जनप्रतिनिधिले चढ्दै आएका गाडी र मोटरसाइकल फिर्ता मागिएको छ र कार्यकक्षमा राखिने ‘नेम प्लेट’ पनि निकालिएको छ। यस्तै निलम्बनमा परेकाहरुले पाउने सुविधा पनि कटौती भएको बताइएको छ ।

अख्तियारले पत्र पठाएर उनीहरूलाई कारबाही गर्नु भन्ने जानकारी गराएपछि उपप्रमुख खड्का लगाएत आरोपितले प्रयोग गर्दै आइरहेका सवारि साधन तथा अन्य सामग्रीहरु समेत फिर्ता गरिएको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । 

बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बसपार्क निर्माणकै क्रममा बागलुङ नगरपालिकाले ठेक्का दिइसकेको स्थानमा उपभोक्ता समितिमार्फत पनि दुई वर्षसम्म १०/१० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटले गर्नुपर्ने काम नियमसंगत नभएकोले बसपार्क निर्माण समितिका अध्यक्ष सुवासकुमार राजभण्डारी, सचिव गुणनिधि शर्मा र कोषाध्यक्ष भीमकुमारी आचार्यका विरुद्धमा पनि मुद्दा परेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्