Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली सेनाको हेलिकप्टर भित्रै शिशुको जन्म

२०७८ फागुन १७
tribeni2

मुगु / नेपाली सेनाको हेलिकप्टर भित्रै एक शिशुको जन्म भएको छ । मंगलबार नेपाली सेनाले मुगुबाट सुर्खेत उद्धार गरेर लिदै गरेकी गर्भवती महिलाले हेलिकप्टर भित्रै शिशुको जन्म दिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार मुगु जिल्ला खत्याड गाउँपालिका ४ निवासी २० बिर्षिया गर्भवति धनलक्ष्मी रावलले हेरिकोप्टरमै बच्चा जन्माएकी हुन ।

पश्चिम हवाई वेसक्याम्प सुर्खेत नेपाली सेनाका पाईलट रत्नचन्द्र श्रेष्ठले उद्धार गरेका हुन । हेलिकोप्टरमै बच्चा जन्माएकी ति आमा र शिशुलाई प्रदेश अस्पतालमा पुरयाईएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्