Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्डतर्फ

काठमाडौं ६ चैत
tribeni2


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधबार थाइल्याण्ड गएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन खनाल थाइल्याण्ड गएका हुन् ।

आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतंकवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुनेछ ।

बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्