Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुर्खेतमा लगाईएको कर्फ्यु हट्यो, मुख्य बजारमा निशेधाज्ञा

२०७८ फागुन १७
tribeni2

सुर्खेत / सोमबार साझँ आठ बजेदेखी सुर्खेतको बीरेन्द्रनगरमा लगाईएको कर्फ्यु मंगलबार साँझ सात बजेबाट हटेको छ । एमसीसी विरुद्ध नेपाल बन्दको क्रममा तोडफोड तथा आगजनी भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ती र सुर्खेतमा रहेका राजनीतिकदलहरुका पार्टी कार्यालयमा आगजनी गरेका थिए। आज कुनै अप्रिय घटना नभएको भन्दै कर्फ्यु सात बजेबाट कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी रिजालले सुर्खेतमा रहेका राजनीतिक दल तथा सुरक्षा समितिको बैठक बसेर यस्तो निर्णय गरिएको बताउनुभयो। उहाँले अर्को सुचना जारी नभएसम्मको लागी भने वीरेन्द्रनगर ६ का केहीठाँउमा भने निषेधाज्ञा जारी गरिएको बताउनुभयो।

हिजो बढी प्रदर्शन भएको क्षेत्रहरु यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र लगायतका ठाँउमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने जनाईएको छ। प्रमुख जिल्ला अधिकारी रिजालले निषेधाज्ञाले जनजीवनमा कुनै असर नपर्ने भन्दै भोलीको अवस्था हेरेर थप निर्णय गरिने बताउनुभयो।

यसअघि प्रशासनले वीरेन्द्रनगरको पूर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँचसय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको थियो।

बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्रको कार्यालयमा तोडफोड, नेकपा एमालेको पार्टी कार्यालय, मंगलगढी र यरिचौकमा रहेका प्रहरी विटमा आगजनी गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्