त्रिवेणीमा शिव मन्दिर उद्घाटन

२०७८ फागुन १७

रुकुम पश्चिम / जिल्लाको त्रिवेणी गाउँपालिकामा शिव मन्दिर उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्वर ९ मा निर्माण गरिएको शिव मन्दिर महाशिवरात्रीको अवसर पारेर मंगलबार उद्घाटन गरिएको हो ।

वडा नम्वर ९ का वडा अध्यक्ष बिरबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा मन्दिर व्यस्थापन समितिका अध्यक्ष ईश्वर रावलको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने ११ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

व्यस्थापन समितिका अध्यक्ष ईश्वर रावलका अनुसार मन्दिर निर्माण तथा संचालनको लागि सहयोग गर्नहुने बिरबहादुर डाँगी, भद्रबहादुर शाही, कुमार केसी, मानबहादुर केसी, ईश्वर रावल, झलक सुनारलाई सम्मान गरिएको हो ।

त्यसैगरी लक्ष्मण रावल, जितबहादुर चन्द, मनमोहन गिरी, शेरबहादुर ओली र भिमप्रकाशलाई पनि सम्मान गरिएको हो । उद्घाटन कार्यक्रमको सञ्चालन स्थानीय नरेन्द्र वलिले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्