Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अटोमेटिक पेस्तोल सहित ३ जना पक्राउ

२०७८ फागुन १८
tribeni2

जिल्ला प्रहरी कार्यालय बाँकेले पेस्तोल सहित तिन जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ९ बजे बाँकेको डुडुवा गाउँपालिका ४ राप्तिनदि पुल नजिकबाट अटोमेटिक पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका वडा नम्वर १२ का २८ वर्षिय दिपेन्द्र अधिकारी, नेपालगन्ज १८ का २२ वर्षिय सुशान्त केसी र कैलाली लम्कीदुहा नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन् ।

राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा बाग्मती प्रदेशको ०१–०२५ च ३०९७ नम्वरको गाडी रोकी चेकजाँच गर्ने क्रममा मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा लोड गोली थान ९ थान र खुडा थान १ र नक थान बरामत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्षसम्म कैद र ७० हजार जरिवाना हुन सक्ने बताईएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्