Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
गुणस्तरहिन सगरमाथा सिमेन्ट

‘सगरमाथा सिमेन्ट’ प्रयोग भएको सिचाई कुलो ६ दिनमै भत्कियो

'६ दिन सम्म सेट भएन सिमेन्ट, हातले कोतर्दा पनि भत्कियो कुलो'
२०७८ फागुन १८
tribeni2

रुकुम पश्चिम / आयोजना निर्माणमा प्रयोग गरिएको सिमेन्ट गुणस्तरहिन हुँदा निर्माण हुदै गरेको एक सिचाई कुलो भत्किएको छ । निर्माणकै क्रममा सिचाई योजना भत्किन थालेपछि काम समेत अवरुद्ध भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ मा निर्माणाधिन घट्टेखोला गोदलीबाङ सिचाई योजनाको कुलो गुणस्तरहिन सिमेन्टको कारण बन्दाबन्दै भत्किएको घट्टेखोला गोदलीबाङ सिचाई जल उपभोक्ता समितिका सचिव प्रविण पाण्डेले बताउँनुभयो ।

सचिव पाण्डेका अनुसार सिचाई कुलो निर्माणका लागि प्रयोग गरिएको सगरमाथा सिमेन्ट गुणस्तरहिन हुँदा कुलो भत्किएको हो । ‘कुलो निर्माणका लागि हामीले एक सय बोरा सगरमाथा सिमेन्ट खलंगाबाट ल्याएका थियौ,’ सचिव पाण्डेले भन्नुभयो ‘कुलो बनाएको ६ दिनसम्म पनि सेट भएन ।’

निर्माण भएको सिचाई कुलो हातले कोतर्दा मात्र पनि झर्ने गरेको र लगाईएका कुलोको नहर भत्किएको उहाँले जानकारी दिनुभयो । उक्त सिमेन्ट प्रयोग गर्दा सेट नै नहुने गरेको उहाँले जानकारी दिनुभयो । ल्याएको मध्य ४१ बोरा सिमेन्ट प्रयोग भैसकेको समेत उहाँले बताउनुभयो ।

उक्त सिमेन्ट लिएर मध्यपहाडि आयोजनाको ल्याबमा परिक्षण गरेको र त्यहाँबाट सिमेन्ट नै गुणस्तरिहिन भएको प्रतिक्रिया आएको सचिव पाण्डेले उल्लेख गर्नुभयोे ।

जलश्रोत तथा उर्जा विकास कार्यालय मार्फत ५० लाख बजेटमा उक्त योजना निर्माण कार्य थालिएको थियो । गत माघ १७ गते सम्झौता गरेर काम सुरु गरिएको उक्त योजना असार मसान्तमा सकिनुपर्ने थियो । केहि ठाउँमा मेसिनरी वाल, ग्याबिङ र १३ सय मिटर आरसिसि कुलो निर्माण गरिनुपर्ने उक्त योजना गुणस्तरहिन सिमेन्टको प्रयोगपछि केहि दिन यता काम रोकिएको छ ।

स्थानीय जयबहादुर पाण्डेले गुणस्तहिन सिमेन्टकै कारण विकास निर्माणको काम गणस्तरहिन हुने गरेको र त्यसको उहाहरणको रुपमा यसलाई लिन सकिने बताउँनुभयो । सामान्य रुपले कोतर्दा पनि सिमेन्ट झर्ने, वाल सेट नहुने हुँदा भत्किने गरेको जानकारी पाण्डेले दिनुभयो । उहाँले यस खालको कार्य बिरुद्ध कारबाहिको लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने समेत बताउनभयो ।

यस बिषयमा दांगको घोराहि स्थित सगरमाथा सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले अन्य ठाउँबाट पनि केहि गुनासो आईरहेकोले कुनै लटको सिमेन्ट बिग्रीएको हुन सक्ने स्विकार गर्नुभयो । उहाँले एकदुई दिनमै फिल्डमा आएर वास्तविकता परिक्षण गर्ने समेत बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्