Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'कक्षा जाउ अभियान'मा अनेरास्ववियू (क्रान्तिकारी)

२०७८ फागुन १९
tribeni2

रुकुम पश्चिम / अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति रुकुम पश्चिमले जिल्लामा संगठन सुदृढिकरण, विस्तार तथा निर्माण अभियानलाई तिब्रता दिएको छ । जिल्लाभरमा करिब सात हजार बिद्यार्थीलाई संगठित गर्ने मुल योजना अनुसार सुरु गरिएको अभियान अन्तर्गतका गतिबिधिहरु तिब्र पारिएको संगठनका जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो ।

गत फागुन २ गते जिल्लामा बसेको तेस्रो बैठकले कक्षा जाउ अभियान सुरु गर्ने निर्णय गरेपछि तीन महिने अभियान सञ्चालन गरिएको अध्यक्ष केसीले बताउनुभयो । चालु शैक्षिक सत्रभरिमा जिल्लाका सबै बिद्यालयमा पुगेर बिद्यार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिसक्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।

कक्षा जाउ अभियानमा बिद्यार्थीका गुनासो सुनुवाई गर्नेदेखि लिएर समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने कार्य गरिएको छ । उक्त अभियानमा बिद्यार्थीका कर्तव्य, अधिकार र अनुशासनको बिषयमा छलफल समेत गरिरहेको अध्यक्ष केसीको भनाई छ ।

फागुन २ गतेको बैठकले सहिद सप्ताहको अवसरमा जिल्लाका ६ ओटै स्थानीय तहमा संगठनका पालिका स्तरिय समितिहरु मार्फत बिभिन्न रचनात्मक क्रियाकलापहरु गर्ने निर्णय गरेको थियो ।

सोहि बमोजिम फागुन १४ गतेदेखि २१ गतेसम्म पालिकाहरुमा हाजिरीजवाफ, वक्तृत्वकला, हिज्जे, नृत्य तथा कविता प्रतियोगिता लगायतका क्रियाकलापहरु भैरहेका छन् । सहिद सप्ताह समापन लगत्तै अन्य गतिबिधिहरुमा केन्द्रित हुने अध्यक्ष केसीले बताउँनुभयो ।

हाल अनेरास्ववियू (क्रान्तिकारी) रुकुम पश्चिममा तीन हजार ९३३ संगठित सदस्यहरु रहेकोमा उक्त संख्या बढाएर सात हजार पुर्याईने बताईएको छ ।

हाल सम्म जिल्लाभर ९९ ओटा समिति बनाईएको छ । अध्यक्ष केसीका अनुसार मुसिकोटका १६ ओटा, चौरजहारीका १६ ओटा, आठबिसकोटका १२ ओटा बिद्यालयमा समिति बनाईएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिकाका ११ ओटा, त्रिवेणीका ११ ओटा र सानीभेरीका १० ओटा बिद्यालयमा समिति बिस्तार गरिएको छ । केहि बिद्यालयहरुमा कक्षागत, तहगत र मुल इकाई समितिहरु पनि रहेको संगठनले जनाएको छ ।

जिल्लाका ६ ओटै पालिकामा पालिका स्तरिय समिति र जिल्लामा एक ओटा जिल्ला समिति रहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्