Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्रद्वारा पदभार ग्रहण

पदभार ग्रहण लगत्तै तीन निर्णयमा हस्ताक्षर
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख महेन्द्र केसीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार नगर प्रमुख केसीले पदभार ग्रहण गरेसँगै तीनवटा निर्णयमा हस्ताक्षर समेत गर्नुभएको छ ।

विविध कारणले हाल मुसिकोट नगरपालिका भित्रका बन्द रहेका विद्यालयहरु सुचारु गर्ने पहिलाे निर्णयमा केसीले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै नगर क्षेत्रभित्रका गरिब तथा बिपन्न समुदायका बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अबस्था आएमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र परम्परागत रुपमा रहेको नगरपालिका ३ मा रहेको मुग्लुगाडमा मृत मानव शरिर जलाउन आवश्यक दाउरा नगरपालिकाको कार्यालयबाटै ब्यबस्था गर्ने निर्णय पनि सार्वजनिक गर्नुभएको छ ।

नगरपालिकाको विकास र नगरवासीको समृद्धिका लागी आफु प्रतिवद्ध रहेको पनि नगरप्रमुख केसीले बताउनुभयो । यसैगरी नगर प्रमुख र कर्मचारीबिचको परिचयात्मक कार्यक्रममा नगर प्रमुख केसीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनु भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्