Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडियोमा काम गरेका पत्रकारले तलब नपाइपछि भोलिदेखि चरणबद्ध आन्दोलन

सहयोग गरिदिन पत्रकार महासंघ र संगठनहरुलाई अपिल
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिमको एक रेडियोले पत्रकारहरुलाई बर्षदिन देखिको तलब दिएको छैन । जिल्लाको आठबिसकोट नगरपालिका ९ राडिबजारमा संचालित रेडियो नयाँ नेपालमा कार्यरत पत्रकार तथा कर्मचारीले बक्यौता पारिश्रमिक अझैसम्म पनि पाएका छैनन्।

उक्त रेडियोमा काम गरेका ६ जना कर्मचारीले करिब डेढ वर्षदेखिको दश लाख रुपैयाँ लिन बाँकि छ । पत्रकारहरु हिरा परियार, सत्यबहादुर बटाला, सुनिल बिक, प्रकाश गौतम, कल्पना बिक र सीता शाहीले काम गरेको पारिश्रमिक नपाएका हुन् ।

सञ्चालक समितिका अध्यक्ष मान बहादुर चनारासँग पटकपटक रकम माग गर्दा बहानामै टार्ने गरेको उनीहरुले बताएका छन् । श्रमको पैसा मागगर्दा भोली भन्दै सञ्चालकले टारिरहेको र अब अति नै भएपछी आन्दाृलन गर्न थालेको जनाएका छन् । उनीहरुले जिल्लास्थित पत्रकार महासंघ लगायत अन्य छाता संगठनलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।

रेडियो संचालकको अटेरीले सिमा नाघेपछी पीडित कर्मचारी बाध्य भएर श्रमजिवी पत्रकार संघ नेपालको सहायता लिएर आन्दोलनमा उत्रिएको बताईएको छ ।

श्रमजीवीको श्रमको मुल्य नदिएर श्रम शोषण गरेको भन्दै २०७९ असार ६ गते सोमवारसम्म ब्यवस्थापन पक्षले बक्यौता रकम भुक्तानी नगरे श्रमजीवी पत्रकार संघ नेपालको अगुवाइमा असार ७ गते मंगलबारका दिनदेखि चरणबद्द आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाल पत्रकार महासघ रुकुमकी सचिव हिरा परियारले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्