Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा आयो ४९ करोडको वजेट वक्तव्य (बजेटको पूर्ण विवरण)

चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२, पुँजीगत तर्फ १२ करोड ५५ लाख
२०७९ असार १०
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४९ करोड बढीको वजेट वक्तव्य ल्याएको छ । शुक्रबार गाउँपालिकाको सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ४९ करोड ३५ लाख ६५ हजार ४२२ रकमको बजेट पेश गर्नुभएको हो ।

कुल विनियाेजित बजेट मध्य चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ बजेट बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ १२ करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रेउलेले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट रु. १ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट रु.
९ करोड ५६ लाख, संघीय सरकार सशर्त अनुदानबाट रु. २२ करोड २१ लाख, संघीय सरकार समपूरकतर्फ रु. १ करोड र संघीय विशेषतर्फ रु. १ करोड, संघीय सरकार राजश्व बाँडफाँडबाट रु. ८ करोड ५ लाख ८७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु. ९२ लाख २१ हजार रहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकार सशर्त अनुदानबाट रु. २ करोड ७५ लाख ५० हजार, प्रदेश सरकार समपूरकतर्फ रु. १ करोड र प्रदेश सरकार विशेषतर्फ  रु. ८० लाख, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. ५ लाख ७ हजार ४ सय २२ र आर्थिक वर्ष २०७८/०७९ मा खर्च नभई बचत हुने रकम रु. १ करोड बजेट प्रक्षेपण गरेको जानकारी गराउनुभयो ।
बजेट उपर सभामा छलफल सुरु भएको बताईएको छ ।

यस्तो छ बजेटको पूर्ण विवरण :

त्रिवेणी गाउँपालिका, रुकुम पश्चिमको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्