Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कृषि विकास बैंकद्वारा साढे तीन लाख हस्तान्तरण, बित्तिय साक्षरता प्रदान

tribeni2

रुकुम पश्चिम / कृषि विकास बैंक लि. मुसिकोट शाखाले बित्तिय साक्षरता र नगद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सिकाई समुह प्रा.लि. काठमाडौलाई नगद र सर्वसाधारणहरुको लागि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कृषि विकास बैंक लि. मुसिकोट शाखाका प्रवन्धक जोखबहादुर खड्काका अनुसार सिकाई समुह प्रा.लि.लाई तीन लाख ५० हजार नगद रकम हस्तान्तरण गरिएको हो । सिकाई समुहका प्रतिनिधि शिव आचार्यलाई एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा कृषि विकास बैंक लि.का बरिष्ट सहायक प्रमुख रमेश कुमार अर्यालले बित्तिय साक्षरताको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कृषि विकास बैंक के हो ? यसका सेवा र सुविधा के के हुन् ? सेवा लिने प्रक्रिया के के हुन् भन्ने बिषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले बैंकले स्रहानिय कार्य गरेको बताउनुभयो । उहाँले कृषि विकास बैंकले युग सुहाउदो प्रविधि मार्फत कार्य गर्दै आएको समेत उल्लेख गर्नुभयो ।

 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्