Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुसँग विज्ञ भेटघाट कार्यक्रम

२०८० वैशाख ११
tribeni2

जाजरकोट / जाजरकोट जिल्लाका शिक्षकहरुको शैक्षणिक सीप विकासका लागि २ दिने विज्ञ भेटघाट कार्यक्रमको संचालन गरिएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो परियोजनाको आयोजनामा जाजरकोटको खलंगामा विज्ञ भेटघाट कार्यक्रम संचालन गरिएको हो ।

आज सोमबारदेखि संचालन भएको उक्त कार्यक्रमको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालि बहादुर खत्रीको उद्घाटन गर्नुभएकाे हाे । 

बिशेषगरि माध्यामिक तहका बालबालिकाहरुको शैक्षिक गुणस्तर तथा उपलब्धि सुधार गर्नका लागि शिक्षकहरु उत्प्रेरित गर्न विज्ञ भेटघाट कार्यक्रमको आयोजना गरिएको सेभ द चिल्ड्रेनका शिक्षातर्फका टेक्निकल म्यानेजर आत्मराम भट्टराइले बताउनुभयो ।

प्रभावकारी शिक्षण सिकाई क्रियाकलाप मार्फत बालबालिकाहरुको शैक्षिक उपलब्धिको सुधार गर्न र बालबालिकाहरुको बिद्यालय नियमिततका लागि उपायहरुको खोजी गर्न शिक्षकहरुलाई शैक्षिक क्षेत्रका बिज्ञहरुसंग भेटघाट तथा अन्तक्रिया कार्यक्रम गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका परियोजना संयोजक केशव बि.सी. ले जानकारी गराउनुभयो ।

उक्त शिक्षकसंग बिज्ञ भेटघाट कार्यक्रममा वर्तमान शिक्षण सिकाई अवधारणा,  शिक्षक उत्प्रेरणा, स्व ब्यवस्थापन, शिक्षण सिकाई क्रियाकलापमा प्रबिधिको प्रयोग र नबिनतम अभ्यास, सकारात्मक सोंच, बिद्यालय नेतृत्व तथा बालबालिकाहरुको सिकाई मूल्याङ्कन र लेखाजोखाका बिषयमा बृहत छलफल गरिने बताईएको छ ।

बिज्ञसंग शिक्षक भेटघाट कार्यक्रमको उदघाटन सत्रमा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बि.सी., शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका इकाई प्रमुख रमेश मल्ल, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बाल कुमार शर्मा, भेरी नगरपालिका जाजरकोटका शिक्षा शाखा प्रमुख अमृत पुन र शिवालय गाउँपालिका जाजरकोटका शिक्षा शाखा प्रमुख मान बहादुर बस्नेत समेतको सहभागिता रहेको थियो ।

बिज्ञ भेटघाट कार्यक्रममा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका र शिवालय गाउँपालिकाका १६ वटा माध्यामिक बिद्यालयका प्रधानाध्यापक र शिक्षक गरि ४५ जनाको सहभागिता रहेको छ ।

उक्त कार्यक्रमको बिज्ञको रुपमा नेपाल सरकारका पूर्व उपसचिव (शिक्षा)का जित बहादुर शाह, मध्य पश्चिमाञ्चल बिश्व बिद्यालयका असिस्टेन्ट प्रोफेसर यदु प्रसाद ज्ञवाली र सेभ द चिल्ड्रेनका टेक्निकल म्यानेजर आत्मराम भट्टराईले सहजिकरण गरिरहनुभएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्