Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उपकुलपति समक्ष मुसिकोटका बिद्यार्थीका 'गुनासै गुनासा'

tribeni2

रुकुम पश्चिम । मध्यपश्चिम विश्वबिद्यालयको मूल नेतृत्व समक्ष रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले विभिन्न मागहरु राखेका छन् ।

विश्वबिद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह सहित बुधबार क्याम्पसमा पहिलो पटक आईपुगेको मध्यपश्चिम विश्वबिद्यालयको मूल नेतृत्वसँगको अन्तरक्रिया कार्यक्रममा बिद्यार्थीहरुले क्याम्पसको शैक्षिक तथा भौतिक समस्याको बारेमा जानकारी गराएका हुन् ।

कार्यक्रममा मन्तव्यसँगै मागपत्र पेश गर्नुभएका स्ववियु सभापति रमेश केसीले जिल्लाको एकमात्र आङिगक क्याम्पस आंशिक शिक्षकहरुको भरमा चलेको गुनासो गर्नुभयो । उहाँले दैनिक पाँच बिषय पढाई हुनुपर्नेमा तीन वटा मात्र पढाई हुने गरेको, पर्याप्त पाठ्यपुस्तक नभएको, नियमित पठानपाठन नहुँदा कोर्स पुरा नहुने समस्या रहेको, शौचालयमा पानीको समस्या रहेको बताउनुभयो ।

क्याम्पसका बिद्यार्थी सिर्जना गहतराजले पाठ्यपुस्तकको अभावमा सातौ सेमेष्टरसम्मको परीक्षा दिनुपरेको गुनासो गर्नुभयो । उहाँले नियमति पढाई नहुँदा कोर्स पुरा नहुने जनाउनुभयो ।

त्यसैगरी क्याम्पसका अर्का बिद्यार्थी असिम खत्रीले मौका परिक्षाको बिषयमा बिद्यार्थीहरुले सहि सूचना पाउँन नसकेको गुनासो गर्नुभयो ।

बिबिएस प्रथम सेमेष्टरमा अध्ययनरत बिद्यार्थी यमराज डाँगीले पूर्णकालिन शिक्षक व्यवस्था हुनुपर्ने माग राख्नुभयो । उहाँले भर्ना प्रक्रियामा मुद्धा पर्यो भन्दैमा प्रक्रिया नै रोकेर बिद्यार्थीको भविष्य माथी खेलवाड हुने काम भएको बताउनुभयो । उहाँले शिक्षकहरुले राजनीतिक गतिविधि बढी गर्ने गरेको गुनासो गर्नुभयो ।

त्यसैगरी क्याम्पसका बिद्यार्थी नरेन्द्र खड्काले क्याम्पसमा ल्याब र कम्प्युटर कक्षाको व्यवस्था हुन नसकेको, शैक्षिक भ्रमण नभएको, शौचालयमा धाराको व्यवस्था नभएको, बिद्यार्थी कल्याण कोष र सुरक्षा कोषको बारेमा पारदर्शिता नभएको गुनासो गर्नुभयो ।

बिद्यार्थीहरु दिनेश ओली र दुर्गा प्रसाद बिकले शिक्षकको भर्ना प्रक्रिया, अरितरिक्त क्रियाकलापहरु, खेलकुदका कार्यक्रम बारेमा जिज्ञासा राख्नुभएको थियो ।

बिद्यार्थीहरुका गुनासोहरु सम्बोधन गर्नुहँदै उपकुलपति सिंहले बिद्यार्थीका मागहरु जायज भएकोले समाधानमा समस्या नभएको बताउनुभयो ।

उहाँले क्याम्पसस्तरबाट समाधान गर्न सकिने माग तथा गुनासाहरु तत्कालै क्याम्पस प्रशासनले समाधान गर्नुपर्ने र वजेटको समस्या भएमा विश्वबिद्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विश्व बिद्यालयको गुास्तर सुधार गर्नको लागि सकारात्मक सोचका साथ एकजुट हुनुपर्ने उहाँको भनाई रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्