Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बर्षाले बिगारेका सडक सुचारु भएनन्

tribeni2
  • गोपालसिंह खड्का

रुकुम पश्चिम / बर्षायामको बेला बिग्रेका सडकहरु हाल सम्म पनि मर्मत हुन नसक्दा सुचारु भएका छैनन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० का सडक अझै सुचारु नभएको जनगुनासो रहेको छ ।

हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण पर्व बडादशै र तिहार भन्दा अगावै सुचारु हुनुपर्ने सडकहरु अहिलेसम्म सञ्चालन नभएको स्थानीयबासीहरुको गुनासो छ। बर्सेनि बर्षातको कारण अवरुद्ध हुने ग्रामीण सडक अन्तरगतको तिमीले -चिन्तु -सार्कीमारे सडक खण्ड र सिम्ली -टुनिबोट -घण्ठाना -अमलाटाकुरा हुँदै तिमीले जोड्ने सडक, रामीडाँडा- दाब्रेखोला सडक खण्ड पनि सुचारु नभएको स्थानीय पदम खड्काको भनाइ छ।

स्थानीयका अनुसार सिम्ली टुनिबोट घण्ठाना अमलाटाकुरा हुँदै तिमीले जोड्ने सडक यातायातका साधन नै नचलेरै ट्रयाक खोलेदेखि बन्द अवस्थामा छन् र ती सडक न सफा गरिएको छ न त गाडी नै चल्ने खालका छन् ।

ट्रयाक खोलेका सडकहरु मर्मत भएर सातायातका साधन चल्ने अवस्था भएमा वडापालिका तथा गाउँपालिका जान सर्वसाधारणलाई सहज हुने देखिन्छ । १० मिनेटमा मोटरसाइकल पुग्ने बाटो मर्मत नहुँदा ठाउँमा घण्टौ लगाएर चिन्तु आमडाँडा फुक्रु सिम्ली हुँदै वडापालिकामा सेवा लिन जानू परेको स्थानीय शेरबहादुर खड्काको भनाइ छ ।

सडक निर्माण गर्दा गुणस्तरलाई लापरबाहि गरिएको र स्टामेट अनुसार समितिले काम नगर्दा सडक बिग्रेको सव इन्जिनियर रुद्र गोपाल डाँगीको भनाइ छ। उहाँका अनुसार गत बर्ष राम्रो काम समितिले नगरेकोले ६ लाख रकम नै दायित्वमा राखिदिएको र यसपटक सडक सुधार गरे समितिले रकम पाउनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्