Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी हुन् काँग्रेस रुकुमका महासमिति सदस्य तथा प्रतिनिधि र प्रदेश प्रतिनिधि

२०७८ मंसिर ११
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमले आज महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको नाम आज सार्वजनिक गरेको छ ।

सातौ जिल्ला अधिवेशनको लागि तोकिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आज एक सूचना जारी गर्दै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको विवरण सार्वजनिक गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले सबै पदमा निर्वाचित प्रतिनिधिहरु निर्विरोध चयन भएको समेत जनाएको छ ।

महासमिति सदस्य :

नेपाली काँग्रेस रुकुम पश्चिमबाट केन्द्रिय महासमिति सदस्य पदमा ११ जना निर्विरोध विजयी भएका छन् । महासमिति सदस्यहरुमा गोपाल जि जंग शाह, प्रेम प्रकाश ओली, मानबहादुर नेपाली, कृष्णबहादुर रोकाय, यमबहादुर केसी, लेखमाया केसी, सीता ओली, मनिषा रोकाय भण्डारी, यज्ञ परियार, तिलक भण्डारी र जनककुमार बाँठा चयन हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधि :

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जिल्ला पार्टी सभापति सहित २६ जना निर्वाचित भएका छन् । जसमा, गोपाल जि जंग शाह, मानबहादुर नेपाली, कृष्णबहादुर रोकाय, हरिचन्द्र शाह, तिलकबहादुर भण्डारी, यमबहादुर केसी, यज्ञ परियार, देवी पुन, आशमा देवी बि.क., सीता ओली, मनमोहन शाह, लालबहादुर महत र उपेन्द्रबहादुर मल्ल छनौट हुनुभएको छ ।

त्यसैगरी, एकमाया खड्का, मनिषा रोकाय भण्डारी, गोपालप्रसाद शर्मा, जनककुमार बाँठा, खड्कबहादुर डाँगी, बालकुमारी गिरी, कमला रोका, लेकमाया केसी, गोरखबहादुर खत्री, ललित बहादुर शाही, तुफैल अहमद खाँ र निर्मला गिरी महािधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधि

प्रदेश सभा (क) तर्फको प्रदेश अधिवेशन प्रतिनिधिमा खम्बु मल्ल, कमल कुमार शाह, टोपबहादुर खड्का, जनक चन्द, यमुना शर्मा, नरबहादुर नेपाली, ओइला कुमारी खत्री, टिका राणा चयन हुनुभएको छ ।

त्यसैगरी शम्भु प्रसाद शर्मा, रत्नबहादुर बुढा, दशरथ केसी, काँशिराम खड्का, धर्मकुमारी मल्ल, शोभा कुमारी मल्ल, नरजित बस्नेत र जोखबहादुर पुन प्रदेश सभा (क) तर्फको प्रदेश अधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

प्रदेश सभा (ख) तर्फको प्रदेश अधिवेशन प्रतिनिधिमा १८ जना निर्वाचित हुनुभएको छ । जसमा कर्णबहादुर डाँगी, जितेन्द्र बुढाथोकी, दिपा डाँगी खड्का, बलबहादुर खड्का, बिरबहादुर खड्का, बलबिर गोसाई, भूपाल सिंह ओली, हेमन्त प्रकाश ओली र बिरेन्द्र बाँठा मगर निर्वाचित हुनुभएको छ ।

त्यसैगरी बलबहादुर बि.क., खिमा बिष्ट, कमला केसी, रिपबहादुर ओली, शुसिला खड्का, मोहन आचार्य, मुकुन्द खड्का, राजकुमार बादी र दिपा कुमारी केसी निर्वाचित हुनुभएको छ ।

मंसिर ६ गते मुसिकोटमा काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन उद्घाटन भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्