Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लिउरेवारीमा रहेको शिवगुफा भित्र थरिथरीका मुर्ति

धार्मिक स्थलको रुपमा विकास हुँदै
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १४ को लिउरेबारी दयालेखमा शिव गुफा रहेको छ । करिब १० मिटर गहिराईमा रहेको गुफा भित्र विभिन्न प्रकारका शिवका मुर्तिहरु कुँदिएको आकारमा रहेका छन् । उक्त स्थानमा शिवरात्रीको दिन मेला समेत लाग्दछ ।

बिच भागमा मुर्ति छ, दायाँ साईडबाट छिरेर पुजा गर्ने र बाँया साईडबाट निस्कने गरिन्छ, एउटै साईडबाट आउने जाने गर्दा नराम्रो हुने विश्वास स्थानीयमा रहेको छ ।

स्थानीय कमला चन्दका अनुसार बिधिबाचा पुरा नगरेपछि भोक खान्छ भन्ने पौराणिक विश्वासको कारण शिवरात्रीको अवसरमा पुजापाठ गर्ने, मेला लाग्ने गर्दछ । सुरुसुरुमा यसलाई चमेरे दुलो भन्ने गरिएतापनि भित्र हेर्दै जाँदा शिवको मूर्ति आकारका मूर्तिहरु कुँदिएको देखिएपछि यसको महत्व बढेको बताईन्छ ।


गुफा भित्र बिभिन्न ढुंगाका चित्रहरु, शिव भगवानको जस्तो मुर्ति, गाईका थुन, कुकुर जस्तो ढुंगाको मुर्ति रहेका छन् । स्थानीयवासी गणेश ओलीले बिभिन्न आकारका मूर्तिहरु रहेको भेटिएपछि यसको नाम शिव गुफा राख्नुभएको बताईएको छ ।


शिव गुफा अहिले धार्मिक स्थलकै रुपमा विकसति हुन थालेको छ । भिरालो ठाउँमा भएकोले मान्छेहरुको आवतजावतमा समस्या हुने भएकोले आवश्यक व्यबस्थापनको जरुरत रहेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले बाटो बनाउन र गुफाको संरक्षण तथा संवद्र्धनमा टेवा पुग्नेगरी स्थानीय सरकारलबाट सहयोगको अपेक्षा गरेका छन् ।


फोटोहरु सौजन्य : पहल ओली

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्