Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गस्तिमा गएका प्रहरीको प्रशंसनिय अर्को सेवा

tribeni2

रुकुम पश्चिम / शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी समाजसेवाको उत्कृष्ट नमूना पनि हुन् भन्ने उदाहरण रुकुममा कार्यरत प्रहरी जवानले देखाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढाले एक बृद्ध बिरामी बोकेर अस्पताल लैजादै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ ।

मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ११ का १ सय २ बर्षिय बृद्ध जसबिर ओलीलाई आलोपालो गर्दै पिठ्युमा बोकेर प्रहरी जवानद्वय हमाल र बुढाले अस्पताल पु¥याएका हुन् ।

वडा नम्वर ११ का वडा अध्यक्ष मनमोहन शाहका अनुसार ढाडको बिरामी रहनुभएका ओली बाटोमै छटपटिरहनुभएको खबर सुनेपछि प्रहरी चौकिबाट गस्तिमा गएका प्रहरी जवानद्वयले बोकेर वडा नम्वर १० मा रहेको सहिद स्मृति अस्पताल पु¥याएका हुन् ।

प्रहरी आफैंले पिठ्यूँमा बोकेर वृद्धलाई उपचारका लागि अस्पताल पु¥याएर आफन्तलाई खबर गरेको बताइएको छ ।

समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभई नागरिकलाई हुने दुःख पीडामा पनि प्रहरीले साथ दिने गरेको चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष मनमोहन शाहले बताउनुभयाे । अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ ।

(फोटोहरु चौरजहारी नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष मनमोहन शाहले उपलब्ध गराउनुभएको हो ।)

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्