Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मेयरले पदभार ग्रहण गर्दा हस्ताक्षर गरेका निर्णय कार्यपालिकाको पहिलो बैठकबाटै फिर्ता

तीन दिनको बैठकबाट चार वटा निर्णय
२०७९ जेठ २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगर कार्यपालिकाको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पहिलो वैठकले चारवटा निर्णय गरेको छ ।

२३ गते सुरु गरिएको पहिलो बैठक तीन दिन पछि चार वटा निर्णय गर्दै सम्पन्न भएको हो । बैठकमा नगर प्रमुख महेन्द्र केसीले बिभिन्न आठ वटा प्रस्ताव पेश गर्नुभएको थियो । तर, वैठकले चारवटा मात्र निर्णय गरेको छ ।

नगर उपप्रमुख बिमल कुमार पुनले निर्वाचन प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल लगायतलाई धन्यवाद ज्ञापन गर्ने र नयाँ जनप्रतिनिधिलाई स्वागत गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी कार्यपालिका बैठक सञ्चालन कार्यविधि र सवारी साधनको पार्किङको सम्बन्धमा अटोरिक्सा सञ्चालन कार्यविधि पास गर्ने निर्णय भएको उप प्रमुख पुनले बताउनुभयो ।

बैठकले मुसिकोट नगरपालिका ५ मा यस अघि बन्द अवस्थामा रहेको डाङडुङे आधारभूत विद्यालय पुनःस्थापनाको निर्णय गरेको छ । नगर प्रमुख महेन्द्र केसीले गत ९ गते पदभार ग्रहणको अवसरमा यो निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुभएको थियो । नगर प्रमुखले पदभार ग्रहणको बेला हस्ताक्षर गरेका अन्य दुई निर्णय भने बैठकले अनुमोदन गरेको छैन ।

पदबहालिको बेला नगर क्षेत्रभित्रका गरिब तथा बिपन्न समुदायका बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अबस्था आएमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र नगरपालिका ३ मुग्लुखोलामा रहेको घाटमा मृत मानव शरिर जलाउन आवश्यक पर्ने दाउरा नगरपालिकाको कार्यालयबाटै ब्यबस्था गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । पदभार ग्रहण गर्दाका तीन निर्णय मध्य यी दुबै निर्णयको खर्चको सीमा र श्रोत एकिन नभएकोले कार्यपालिका बैठकले पास नगरेको बताईएको छ ।

मुसीकोटको २४ सदस्यीय कार्यपालिकामा नगर प्रमुख सहित ७ जना नेपाली काँग्रेसबाट उम्मेदवार भई विजयी हुनभएका सदस्यहरु हुनुहुन्छ भने उप प्रमुख नेकपा (एकिृकत समाजवादी) बाट हुनुहुन्छ । त्यसैगरी माओवादी केन्द्रबाट उम्मेदवार हुनुभएका १६ जना सदस्यहरु कार्यपालिकाको सदस्य हुनुहुन्छ ।

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्रद्वारा पदभार ग्रहण

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्