Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको नीति तथा कार्यक्रम र बजेट पास

४९ करोड ३५ लाख ६५ हजार ४२२ को वजेट पास
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिको गाउँ सभामा पेश भएको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पास भएको छ । असार १० गतेका दिन साताै‌ गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट आज मंगलबार पास गरिएको हो ।

त्रिवेणी गाउँसभाको पहिलो बैठकबाट नीति तथा कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तिले जानकारी दिनुभयो ।

गत शुक्रबार गाउँसभामा गाउँपालिका अध्यक्ष गणेश केसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष राजकुमारी रेउलेले वजेट वक्तव्य पेश गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष रेउलेले गाउँसभामा प्रस्तुत गर्नुभएको ४९ करोड ३५ लाख ६५ हजार ४२२ को वजेट पास भएको हो । कुल विनियोजित बजेट मध्य चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ बजेट बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ १२ करोड ५५ लाख बजेट बिनियोजन भएको छ ।

सम्बन्धीत समाचार .....

त्रिवेणीमा आयो ४९ करोडको वजेट वक्तव्य (बजेटको पूर्ण विवरण)

त्रिवेणी गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्ण विवरण सहित)

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्