Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिकाई समुहद्वारा रुकुमका तीन पालिकालाई पुस्तक हस्तान्तरण

tribeni2

रुकुम पश्चिम / सिकाई समुह प्रा.लि. काठमाडौले रुकुम पश्चिमका तीन ओटा स्थानीय तहलाई पुस्तक प्रदान गरेको छ ।

गुणस्तरिय शिक्षाका लागि खोजमुलक पुस्तकहरु प्रकाशन गर्दै आईरहेको सिकाई समुहले आईतबार एक कार्यक्रमका बीच रुकुम पश्चिमका मुसिकोट नगरपालिका, बाँफिकोट र त्रिवेणी गाउँपालिकालाई पुस्तक हस्तान्तरण गरेको हो ।

सिकाई समुहका प्रतिनिधि शिव आचार्यका अनुसार सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि टेवा पुर्याउने उद्देश्यका साथ महत्वपूर्ण पुस्तकहरु हस्तान्तरण गरिएको हो । कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सिकाई समुहलाई प्राप्त भएको सहयोगबाट दुर्गम जिल्लाका तीन स्थानीय तहलाई पुस्तक प्रदान गरिएको आचार्यले बताउनुभयो ।

मुसिकोट नगरपालिका नगर प्रमुख महेन्द्र केसी, बाँफिकोट गाउँपालिकाका प्रवक्ता प्रकाश खत्रीलाई मुसिकोटमा आयोजित एक कार्यक्रममा पुस्तक प्रदान गरिएको हो । त्रिवेणी गाउँपालिकाको लागि समेत पुस्तक ल्याईएकोले गाउँपालिकालाई उपलब्ध गराईने बताईएको छ ।

कृषि विकास बैंकद्वारा साढे तीन लाख हस्तान्तरण, बित्तिय साक्षरता प्रदान

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्