Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देशका संरचना बेचेपछि अब नेताले जनता बेच्न थाले : उपकुलपति सिंह

'कसैको दवावमा काम गर्दिन, बरु भिक्टिम हुन तयार छु'
tribeni2

रुकुम पश्चिम / मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले नेपालका नेताहरुले देशका सबै संरचना बेचेर जनता बेच्न थालेको आरोप लगाउनुभएको छ ।

रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसले बुधबार मुसीकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले विश्वबिद्याल समेत राजनीतिक दलहरुले सौदाबाजी गर्ने केन्द्र बनेको बताउनुभयो ।

आफूले गर्न खोजेको कामहरुमा राजनीतिक दल निकट व्यक्तिहरुबाट मुद्धा हाल्ने काम भएकोमा आक्रोश पोख्नुहुँदै उपकुलपति सिंहले नेताहरुबाट शासनको नाममा भ्रष्टाचार र मोजमस्ती भएको उल्लेख गर्नुभयो । पार्टीको आडमा बिद्यालयमा झोला बोकेर छिरेकाहरुले उपकुलपति र रजिष्टारको नाममा लाखौको खर्चमा मस्ति गर्न नपाएपछि आफू बिरुद्ध उत्रिएको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा उहाँले नेपालका शैक्षिक संस्थाहरु अस्तव्यस्तताका बिच चलिरहेको समेत बताउनुभयो । शैक्षिक संस्थामा राजनीतिक दलहरुले सौदाबाजी गर्ने गरेको आरोप लगाउनुहुँदै उपकुलपति सिंहले आफूले निश्पक्ष काम गर्न खोज्दा चौतर्फी प्रहार भईरहेको उल्लेख गर्नुभयो ।

विश्वविद्यालय सुधारको लागि नयाँ योजनाका साथ काम गर्न लाग्दा राजनीतिक दल निकट प्राध्यापक र बिद्यार्थी संगठनहरुबाट निरन्तर अवरोध भईरहेको उपकुलपति सिंहको भनाई रहेको छ । विश्वबिद्यालयमा रिक्त पदपूर्ति गर्न लाग्दा राजनीतिक भागबन्डा नपाएपछि मुद्धा हालेर काम गर्न नदिएको उहाँले जानकारी दिनुभयो । खुल्ला प्रतिश्पर्धात्मक रुपमा जनशक्ति भर्ना गर्नखोज्दा आफूमाथी सुनियोजित प्रहार भईरहेको उहाँको भनाई छ ।

उपकुलपति सिंहले भन्नुभयो, “बरु म भिक्टिम हुन तयार छु, विश्वबिद्यालयको हित विपरित कसैले भनेको मान्दिन, कसैको दवाव र प्रभावमा पर्दिन ।” सिंहले भ्रष्टाचार बिरुद्ध शून्यसहनशिलताको नीति लागु गरिरहेको उल्लेख गर्नुभयो । अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको र विद्यार्थीलाई खाडि पठाउने उक्त पाठ्यक्रम मध्यपश्चिम विश्वबिद्यालयले तत्काल परिवर्तन गर्न लागेको उपकुलपति सिंहले जानकारी दिनुभयो ।

कार्यक्रममा उपकुलपति सिंहले केहि पत्रकारहरुले वास्तविकता भन्दा बाहिर गएर मध्यपश्चिम विश्वबिद्यालय र आफू बिरुद्ध गलत प्रचार गरेकोमा आपत्ति समेत जनाउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बिद्यार्थीहरुले क्याम्पसको शैक्षिक तथा भौतिक समस्याको बारेमा जानकारी गराएका थिए ।

उपकुलपति समक्ष मुसिकोटका बिद्यार्थीका 'गुनासै गुनासा'

कार्यक्रममा मध्यपश्चिम विश्वबिद्यालयका रजिष्टार प्रा.डा. नारायण प्रसाद पौडेलले बिद्यार्थीका मागहरु उपर्युक्त बाटोबाट समाधान गरिने बताउनुभयो । उहाँले सबै मिलेर शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो । विश्वबिद्यालय स्वयम् साधनश्रोतको अभावमा रहेकोले आर्थिक भारको कारण सोचेजसरी क्याम्पसमा बिषय थप गर्न नसकेको रजिष्टार पौडेलेले जानकारी दिनुभयो ।

कार्यक्रममा मुसिकोट खलङगा बहुमुखी क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतमले बिद्यालयको समग्र अवस्था, कर्मचारीको विवरण, भएका प्रगती, भोगेका समस्या र भावि योजनाहरुको बारेमा समग्र वस्तुगत जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्