Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
काँग्रेस अधिवेशन

यसरी हुदैछ काँग्रेस रुकुममा पदाधिकारी भागबन्डा

मंसिर ६ गते सातौ जिल्ला अधिवेशन हुदै
tribeni2

रुकुम पश्चिम / यतिबेला रुकुम पश्चिमको नेपाली काँग्रेसलाई केन्द्रको १४ औ महाधिबेशन र जिल्लाको सातौ अधिवेशनको चटारो छ । मंसिर ६ गते हुन लागेको जिल्ला अधिवेशनले सदरमुकाममा काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ ।

जिल्ला अधिवेशनबाट चयन हुने नयाँ जिल्ला कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत बनाउन यतिबेला काँग्रेसका अग्रज नेताहरु सक्रिय रहेका छन् ।

प्राप्त जानकारी अनुसार सभापति सहितका जिल्ला पदाधिकारीमा करिब सहमति भएको छ । वर्तमान सभापति प्रेम प्रकाश ओली नै पुनः सभापतिमा दोहोरिने सम्भावना रहेको छ । सभापतिका अर्का दावेदार नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य कृष्णबहादुर रोकायलाई कर्णाली प्रदेशको महासचिव बनाउने गरी ओलीलाई फेरि सभापतिमा दोहो¥याउने करिब सहमति भएको श्रोतले जनाएको छ ।

यस सँगै अन्य केहि महत्वपूर्ण पदहरुको लागि सहमति नजिक पुगेको जनाईएको छ । सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने र रुकुम काँग्रेसलाई एक ढिक्का बनाउनेगरी सहजिकरण भैरहेको एक नेताले बताए । श्रोतका अनुसार हाल जिल्ला सभापतिको दावेदारीमा रहेका ओली र रोकाय दुवै जना पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । ओली यस अघि रामचन्द्र पौडेलको लाईनमा रहेको बताईएको थियो । जिल्ला पार्टीलाई एक ढिक्का बनाउनेगरी दुवै जनाले केन्द्रमा एउटै लाईन रोजेको बताईन्छ ।

अहिले जिल्लामा ओलि र रोकाय समुहको बिचमा सहमती भैरहेको हो । हालसम्म भएको छलफलका अनुसार रुकुम पश्चिमको पहिलो उपाध्यक्षमा रोकाय निकट रहेका हर्कसिं खत्री हुने सम्भावना रहेको छ भने अर्का उपाध्यक्षमा ओलि लाईनबाट सुरतजंग मल्ल हुने देखिन्छ ।

दुई जना सचिव मध्य दुबै समुहका एक एक जना हुने सहमति नजिक रहेको छ । जसका रोकाय पक्षका महेन्द्र केसी र ओली पक्षका तारक शाहि करिब निश्चित भएका छन् । सह सचिवमा भने दुई जना भन्दा बढीको नाम आएको छ ।

दुई जना सह सचिवमा पनि दुवै समुहका एक एक जना हुने गरी सहमति गरको बताईएको छ । सह सचिव पदमा टेकबहादुर बस्नेत, यज्ञ बिष्ट, लालबहादुर ओली, कमल शाहको नाम चर्चामा छ ।

कोषाध्यक्ष पदमा भने मनोनित गर्ने प्रावधान रहेको छ । हालका कोषाध्यक्ष मोहबिर खड्का दुबै पक्षको सहमतिमा पुनः कोषाध्यक्षमा दोहोरिने सहमति रहेको जनाईएको छ ।

यसका साथै निर्वाचन क्षेत्र क को सभापतिमा पनि कमल शाह र यज्ञ बिष्टको नाम आएको छ भने ख क्षेत्रमा भद्रबहादुर बिष्ट र गोरख चन्दको नाममा छलफल भैरहको छ ।
३७ सदस्यीय जिल्ला कार्यसमतिका अन्य पदहरुमा भने आरक्षण कोटा र पालिकाको सिफारिसमा समावेश गरिने बताईएको छ ।

प्रावधान अनुसार जिल्लाका तीन ओटा नगरपालिकाबाट ३/३ जनाको दरले ९ जना र तीन ओटा गाउँपालिकाबाट २/२ जनाको दरले ६ जना जिल्ला समितिमा प्रतिनिधित्व हुनेछ । जस अनुसार पालिकाबाट १५ जना जिल्ला समितिमा पर्नेछन् भने ९ जना आरक्षण कोटाबाट पर्नेछन् ।

प्राप्त जानकारी अनुसार दुबै समुह बिचमा सहमतिको सहजिकरण गरिरहेका नेताद्वय पूर्व राज्यमन्त्री गोपाल जि जंश शाह र पूर्व सभापति मानबहादुर नेपालीलाई केन्द्रिय समितिमा लैजान जिल्ला एकभएर लाग्ने सहमति भएको छ । शाहलाई खुला तर्फबाट र नेपालीलाई दलित कोटामा केन्द्रिय सदस्यको उमेदवार बनाएर जिताउने गरी लाग्ने सहमति भएको बताईएको छ ।

२५ जना महािधवेशन प्रतिनिधि र ३४ जना प्रदेश प्रतिनिधिहरुको लागि भने छलफल भैरहेको छ ।

https://www.mulpati.com/news/486

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्