Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनमतलाई लत्याएर प्रतिनिधि छनौट गरियो - सभापति ओली

'पैसामा बार्गेनिङ गरेर पद बाँडियो'
२०७८ मंसिर १२
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमले सातौ जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति, प्रदेश समिति, महासमिति सदस्य, महधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । तर, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि छनौट कार्यमा राम्रालाई भन्दा पनि हाम्रालाई छानिएको भन्दै नेता कार्यकर्ताहरुले बिरोध जनाईरहेका छन् ।

नेपाली काँग्रेस मुसिकोट नगर समितिका सभापति प्रेमबहादुर ओलीले जनमतलाई लत्याएर प्रतिनिधि छनौट गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा नेतृत्वलाई सच्चिन आग्रह गर्नुभएको छ ।

उहाँले ६ दिन लगाएर प्रतिनिधि छनौट गरिएको, सहमतिका नाममा ४ जना शिर्ष नेताहरु (गोपाल जि जंग शाह, मानबहादुर नेपाली, प्रेम प्रकाश ओली र कृष्णबहादुर रोकाय) ले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर विभिन्न कोणबाट पार्टीलाई योगदान गरिरहेकाहरुलाई किनारा लगाईएको, दिग्गज र युवा नेताहरुको मनोबल गिराउने काम भएको भन्दै यस खालको निर्णयले काँग्रेसको संगठन थप कमजोर हुने उल्लेख गर्नुभएको छ । पार्टी कसैको बिरासत नभएको भन्दै उहाँले खबरदारी समेत गर्नुभएको छ ।

'पैसामा बार्गेनिङ गरेर पद बाँडियो'

त्यसैगरी काँग्रेस नेतृ पुष्पा ओलीले पनि सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधि छनौटमा नाताबाद, कृपाबाद र कालोधन्दा भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनमा सानीभेरी गाउँपालिकाबाट उपाध्यक्ष पदका उमेद्वार रहनुभएकी ओलीले कृष्ण रोकाले आफुले सभापति हार्ने पक्का भईसकेपछि सहमतिको नाममा आफ्नालाई संरक्षण गरेको, स्थानीय तहको चुनावमा पार्टीलाई भोट समेत नदिएकाहरुलाई पैसासित बार्गेनिंग गरेर पद बाँडेको, घरमा भाडा धोएकै कारण, पुच्छर बनेकाहरु, ठेकेदारहरुलाइ स्थान दिएको उहाँले उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा युवा नेता टेकबहादुर पुनले पार्टी सभापति प्रेम प्रकाश ओली र नेता कृष्णबहादुर रोकायलाई लक्षित गर्दै ओली एण्ड रोकाय कम्पनिले सहमतिको नाममा पार्टी संगठनमा मनपरी गरेको आरोप लगाउनुभएको छ ।

अन्य कार्यकर्ताहरुले समेत सहमतिको नाममा मनलाग्दी प्रतिनिधि छनौट गरेको प्रतिक्रिया दिएका छन् ।

https://www.mulpati.com/news/528

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्