Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्माण पश्चात बन्द भएका सडक बर्ष दिनपछि सुरु

२०७८ मंसिर १९
tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. १० का सडक सुचारु भएक छन् । गत बर्ष निर्माण गरे पश्चात सुचारु नभएरै बन्द भएको सडक हाल मर्मत भएपछि सुचारु भएका हुन् ।

सिम्ली -घडेरी -टुनिबोट -घण्ठाना -अमलाटाकुरा हुँदै चौरजहारी १४ को तिमीलेसम्म जोडिएको सडक र सोही तिमीले-चिन्तु हुँदै सानीभेरी ८ को लामाछेर्नीसम्मको सडक सफा गरेपछि सुचारु भएका छन् ।

बर्षातका कारण अवरुद्ध भएका उक्त सडकहरुको सफाइ कार्य स्थानीय सरकाले चासो नदिएको भन्दै स्थानीयवासीले आफै मर्मत गरेका हुन् ।

स्थानीयले पैसा उठाएर तेल खरिद गरी उपभोक्ता समिति मार्फत डोजर लगाएर सडक मर्मत गरेको सानीभेरी गाउँपालिका १० का पलबहादुर खड्काको भनाइ रहेको छ।

https://www.mulpati.com/news/498

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्