Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मूलपाटी समाचार प्रभाव : चिन्तुमा चारकोठे नयाँ बिद्यालय भवन बन्दै

पानीको अभाव कायमै
tribeni2
  • गोपालसिं खड्का

रुकमु पश्चिम / जिल्लाको एक सरकारी बिद्यालयका जिर्ण बन्दै गएका भवन, अपुग जनशक्तिको कारण शैक्षिक गुणस्तर जोगाउन चिन्ता बढेको समाचार प्रकाशनपछि उक्त बिद्यालयको नयाँ भवन बन्ने भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुमा नयाँ चारकोठे भवन निर्माण हुने भएको हो ।

भवन नहुदाँ विद्यार्थीहरुको पढनपाठनमा समस्या आएको भन्दै मूलपाटि डटकमले 'चिन्तुको बिद्यालयलाई चिन्ता : जिर्ण भवन, अपुग जनशक्ति' भन्ने शिर्षकमा समाचार सार्वजनिक गरेको थियो ।

https://www.mulpati.com/news/423

समाचार आए लगत्तै कर्णाली प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र मन्त्रीका स्वकीय सचिव नरविर खड्काको पहलमा कर्णाली प्रदेश सरकारबाट पचास लाख बजेट बिनियोजन गरिएको थियो ।

बजेट बिनियोजन पश्चात अख्तियारी सानीभेरी गाउँपालिकामा आएकोले र विद्यालयले सम्झौता गरेर भवन निर्माणको काम सुरु गरेको हो । विद्यालयको नयाँ भवन निर्माणको लागि बिर्खबहादुर खड्काको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति समेत गठन गरिएको छ ।

उपभोक्ता समितिले जिम्मा पाएकै भोलिपल्टबाट कामको सुरु गरेको उपभोक्ता समितिका सदस्य रत्नबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार माघ महिना भित्र विद्यालयको काम सकेर विद्यालयलाई नै हस्तान्तरण हुनेछ ।

समयमै काम सम्पन्न गर्नको लागि बिहान आठ बजे देखि बेलुका ६ बजेसम्म काममै खटिएको उहाँको भनाई छ । हाल विद्यालयको फिल्ड तयार गरि १८ वटा पिल्लर खडा गरेर टाइबिम समेत राखिएको छ ।

पानीको अभाव कायमै

उक्त स्थानमा पानीको भने अभाव रहेको छ । बालुवा, सिमेन्टको काम गर्दा पानी अनिवार्य भएकोले प्रर्याप्त मात्रामा पानी नहुँदा समस्या भएको छ । टाढाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।

बिद्यालयका प्रभानाध्यपक यामबहादुर खड्काले पानीको अभाव हटाउन गतिलो योजनाको अभाव भएको उल्लेख गर्नुभयो । यहाँ परेका योजनाहरु प्रभावकारी रुपमा सम्पन्न हुन नसक्दा सधै पानीको समस्या हुने गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्