Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बृद्ध बिरामी बोकेर अस्पताल पुर्‍याउने दुई प्रहरी जवान पुरस्कृत

tribeni2

रुकुम पश्चिम / गस्तिमा गएको बेला बिरामी भएका एक बृद्धलाई बोकेर अस्पताल पुर्‍याउन दुई प्रहरी जवान पुरस्कृत भएका छन् ।

रुकुम पश्चिमको खोलागाउँ स्थित सर्केना प्रहरी चौकीमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका हुन् ।

मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ११ का १ सय २ बर्षिय बृद्ध जसबिर ओलीलाई उनीहरुले पिठ्युमा बोकेर उपचारको लागि अस्पताल पु¥याएका थिए ।

प्रहरी जवानद्वय हमाल र बुढालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शर्माका अनुसार दुबै जनालाई प्रदेश प्रहरी कार्यालयबाट जनहि एक हजार पाँच सय रकमबाट पुरस्कृत गरिएको हो ।

बृद्ध अवस्था र ढाडको बिरामी रहेका ओली बाटोमै छटपटिरहेको खबर सुनेपछि प्रहरी चौकिबाट गस्तिमा गएका प्रहरी जवानद्वयले बोकेर वडा नम्वर १० मा रहेको सहिद स्मृति अस्पताल पु¥याएर उपचारमा सघाएका थिए ।

आफै हिडेर अस्पताल जान लागेको र ओली हिड्न नसकेर बाटोमै थला परेपछि प्रहरीले उद्धार गरेका थिए ।

यो पनि पढ्नुहोस ..

गस्तिमा गएका प्रहरीको प्रशंसनिय अर्को सेवा

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्