Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडियोका पत्रकारले बर्षदिनको तलब नपाएपछि रुकुममा आन्दोलन

६ पत्रकारले दश लाख पारिश्रमिक नपाएको गुनासो
tribeni2

रुकुम पश्चिम / बर्ष दिनसम्म रेडियोमा काम लगाएर पारिश्रमिक नदिएपछि रुकुम पश्चिमका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जनचेतनाका लागि ठुलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जकाले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।

बर्षदिन देखि यो रेडियोमा काम गर्दै आएका ६ जना कर्मचारी तथा पत्रकारहरुले पारिश्रमिक नपाएको बताएका छन् । उनीहरुले दश लाख रकम पाउन बाँकि रहेकाे जनाएका छन् । पत्रकारहरु हिरा परियार, सत्यबहादुर बटाला, सुनिल बिक, प्रकाश गौतम, कल्पना बिक र सीता शाहीले काम गरेको पारिश्रमिक नपाएका हुन् ।

पारिश्रमिक माग गर्दै आएका उनीहरुले आज देखि पहिलो चरणको आन्दोलन सुरुवात गरेका छन् । पहिलो चरणको आन्दोलन अन्तरगत मंगलबार विरोध र्याली निकालिएको श्रमजीवि पत्रकार संघ नेपालका संयोजक सत्य बटालाले जानकारी दिनुभयो । उहाँका अनुसार श्रमजीवि पत्रकार संघ र रेडियो नयाँ नेपाल संघर्ष समितिको सयुक्त आयोजनामा र्याली निकालिएको हो ।

नगरपालिकाको राडी बजारमा र्याली निकालेर कोण सभा गरिएको हो । कोण सभालाई नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुन, प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतले सम्बोधन गर्नुभएको छ । उहाँहरुले तत्काल पारिश्रमिक उपलब्ध गराउन रेडियो संचालक समितिलाई अनुरोध गर्नुभएकाे छ ।

बिरोध र्यालीमा चार बुँदे माग राखिएको छ । अबिलम्ब पारिश्रमिक दिनुपर्ने, श्रमजीवि पत्रकारिता ऐन अनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने, परिक्षणकाल पुरा गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने र हकअधिकारको बिषयमा बोलेकै भरमा निष्काषण गर्ने, जगेडामा राख्ने, अनावश्यक तनाव दिने, राजिनामा दिन बाध्य पार्ने जस्ताका कार्य बन्द गर्न माग गरिएको छ ।

माग संबोधन नगरिएमा असार ९ गते सामाजिक सञ्जाल मार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा १ घण्टा धर्ना र नारावाजीको कार्यक्रम गर्ने र त्यति गर्दा पनि माग पुरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने संयोजक बटालाले बताउनुभयो ।

पत्रकारहरुले पारिश्रमिक नपाएको बिषयमा आठबीसकोट नगर प्रमुख रवि केसीसँग पनि छलफल गरिएको र नगर प्रमुखले समस्या समाधानका लागि पहल गर्ने प्रविद्धता जनाउनुभएको पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

रेडियोमा काम गरेका पत्रकारले तलब नपाइपछि भोलिदेखि चरणबद्ध आन्दोलन

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्